काठमाडौँ,४ माघ । सर्वोच्च अदालतमा न्यायाधीशसहित ३१ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ। अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ जनालाई केही दिनयता कोरोना देखिएको हो।
एकै पटक धेरै जनामा कोरोना देखिएपछि सर्वोच्चले बुधबारदेखि आगामी माघ १८ गतेसम्मलाई विभिन्न सेवा कटौती गरेको छ। अब सर्वोच्चमा विभिन्न पाँच किसिमका मात्रै मुद्दा हेरिने भएको छ। दाहालका अनुसार बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित मुद्दाको नियमित सुनुवाइ हुनेछ।
त्यस्तै मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारवाही नियमित रुपमा सञ्चालन गर्ने निर्णय भएको दाहालले बताए।सर्वोच्चले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७९६० र १५५ बमोजिमका थुनुवाहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ जारी राख्ने भएको छ।
त्यस्तै थुनुवा भएका मुद्दाको सुनुवाइ नरोकिने पनि दाहालले बताए। उनका अनुसार हेर्दा हेर्दै र नि.सु.मा रहेका मुद्दाको पनि निरन्तर सुनुवाइ हुनेछ।