धनगढी, ३ माघ । यात्रा समृद्धिको, लक्ष्य समाजवादको भन्ने मुल नारा बोकेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को प्रथम वडा अधिबेशन सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
वडा कमिटी का अध्यक्ष सागर साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पार्टीको जिल्ला कमिटी सदस्य एवम बर्दगोरिया इञ्चार्ज दमन चन्द सोडारी रहेका थिए । युवा संघ नेपालका केन्द्रीय सदस्य हेमराज साउदको स्वागत मन्तव्यसंगै सुुरु भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य मोहन बहादुर कुवर, नेकपा माओवादी केन्द्रका तारा साउद , गाउँ कमिटी अध्यक्ष लक्षिराम अधिकारी, जिल्ला कमिटी सदस्य एवम बर्दगोरिया इञ्चार्ज तथा कार्यक्रमका प्रमुख दमन चन्द सोडारी लगायतकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।
कार्यक्रमका बोल्ने अधिकांश वक्ताहरुले केपी ओलीको निरंकुश तन्त्र अब धेरै दिन नटिक्ने भन्दै बिस्तारै नेकपा एमालेका नेता कार्यकर्ता एकीकृत समाजवादीमा विलय हुने बताएका थिय । करिब ५० जना स्थानीयको सहभागिता रहेको कार्यक्रमको सञ्चालन पार्टीको गाउँ कमिटी सचिव मीन ओडले गरेका थिए ।
सो वडा अधिबेशनबाट सागर साउदको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा खिन्तु सार्की र यज्ञराज भट्टराई , सचिवमा लक्ष्मी बिक, उप सचिवमा वीशेन्द्र कुवर र सदस्यहमा हस्तबहादुर बिक, दलबहादुर ठकुल्ला , सन्गम ओड , सन्तोष रशाइली लगायतका सदस्य हरु रहेका छन् ।