धनगढी, २ माघ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको कोरोना नेगेटिभ आएको छ ।कैलाली कन्चनपुरमा पार्टिको कार्यक्रममा सहभागि भएका सचिव भट्ट कोरोना पोजेटिभको सम्पर्कमा रहेकाले कोरोना परीक्षण गरेका हुन ।
नेकपा एमाले कैलाली र कन्चनपुर जिल्ला अधिबेसनमा सहभागि अधिकासमा केन्द्र, प्रदेश र जिल्लाका नेताहरुलाई कोरोना पोजेटिभ देखिएपछि सचिव भट्टले कोरोना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको उनका सोकिय सचिव हितेस ओझाले बताए ।
सोकिय सचिव ओझाका अनुसार भट्टले आइतबार कोरोना परिक्षण गरेका थिए । साथै उनको सचिवालयका सबैको कोरोना नेगेटिभ आएको उनले बताए ।