• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डोटीको दिपायल विमानस्थलको स्तरोन्नतिकालागी अध्ययन

धनगढी १, माघ । डोटीको दिपायल विमानस्थलको स्तरोन्नतिकालागी नेपाल नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोलीले अध्ययन गरेको छ । दिपायल विमानस्थलको बिहीबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल वरपरको जग्गा अधिग्रहण गर्ने जमिनको अवलोकन गरेर फर्किएको छ ।

पर्यटन मन्त्रालयले स्तरोन्नतीका लागि जग्गा अधिग्रहण गर्न १८ करोड बजेट विनियोजन गरेको छ । सोही बजेटको कार्यान्वयनका लागि प्राधिकरणका प्रबन्धक रत्नबहादुर श्रेष्ठको नेतृत्वमा टोली दिपायल आइपुगेको हो। प्राविधिक टोलीले दिपायल सिलगढी नगरपालिका प्रतिनिधि, समाजसेवी, नागरिक समाज, सञ्चारकर्मीसँग विमानस्थलको स्तरोन्नतिबारे राय सुझाव मागेको थियो ।

 

प्रबन्धक श्रेष्ठले दिपायल विमानस्थललाई थ्री सी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्न सबैको सहयोग चाहिने बताए । थ्री सी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गरेपछि दिपायलमा ७२ सिटे जहाज उडाउन सकिनेछ । अहिले दिपायल विमानस्थलको रन–वे जम्मा ४ सय ५० मिटर मात्र रहेकोमा स्तरोन्नतिका लागि १ हजार २ सय मिटर लम्बाइ चाहिने प्राविधिक टोलीको भनाइ छ । रन–वेको दुवैतर्फ गरी डेढ सय मिटर चौडाइ आवश्यक पर्ने टोली सदस्य नलविक्रम थापाले जानकारी दिए । अहिले ६५ मिटर मात्र चौडाइ छ ।

स्तरोन्नति गर्नुपरेमा अहिले विमानस्थल रहेको बायाँतर्फको एयरपोर्ट बजार पूरै विस्थापित हुन्छ भने दक्षिणतर्फ घटाल मन्दिरको छेउ र उत्तरतर्फ वडा नं। २ को कार्यालयको खोलासम्म अधिग्रहण गर्नुपर्ने प्रारम्भिक चरणमा देखिएको प्राविधिक टोलीले जानकारी दिएको छ । ‘अहिले नै ठ्याक्कै यस्तो भनेर भन्दैनौं, विभिन्न विकल्पहरू हामी अध्ययनपछि प्रस्तुत गर्छौं,’ प्राविधिक थापाले भने, ‘निर्माणपश्चात् विमानस्थलले सुदूर पहाडमा विभिन्न सम्भावनाका ढोकाहरू खोल्नेछ ।’प्राविधिक टोलीले सर्वसाधारण, नागरिक समाजको सहयोगमा उच्चस्तरको राजनैतिक सहमति भएमा उचित मुआब्जा दिएर विकल्पहरू खोजिने जनाएको छ ।

शनिबार, माघ ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.