धननगढी,१ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी पर्व मनाउन आग्रह गरेका छन् ।सुदूरपश्चिम प्रदेशमा मनाईने चार्डपर्वहरु मध्येको महत्वपुर्ण पर्व माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री भट्टले बताए ।
यो पर्वले समस्त प्रदेशबासीमा आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन् ।आजको दिन तिलको लड्डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ ।