धनगढी, ५ असोज ।
चाडबाडलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टामा नेपाल–भारत सीमा सुरक्षा बैठक भारतीय सीमा सुरक्षा बलको उनान्चालिस बटालियनमा सम्पन्न भएको छ । बैठकले अपराध नियन्त्रणमा सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरेको ।
आउँदै गरेको दसैंै, तिहारमा भारतीय शहरहरुका काम गरेर नेपाल फर्कने र नेपालबाट भारततर्फ जाने यात्रुहरुको सहजताका लागि सीमामा संयुक्त हेल्पडेक्सको स्थापना गरिएको छ ।
हेल्पडेक्सले शसस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीबाट सीमामा आइपर्ने समस्याका बारेमा निराकरण गरिने नम्बर ३५ गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरिक्षक भिम बहादुर चन्दले बताए । उनले यसबाट दशै तिहार मनाउन आउने नेपालीहरुलाई सहजता हुने बताए ।
सीमा नाकामा ठगिएको, लुटिएको भन्ने सुचनाहरु आईरहेको बेला संयुक्त हेल्प डेक्सले मद्दत गर्ने भारतीय सीमा सुरक्षा बल एसएसबी उनान्चालिस बटालियनका कमाण्डर संजिवले बताए ।
गौरीफन्टा नाकामा आवागमन सहज बनाउन दुई देशका अधिकारी सहमत

नेपाल–भारत सीमा नाका गौरीफन्टामा आवागमन सहज बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन्। दशैँ, तिहार तथा छठको अवसरमा भारतबाट नेपाल आउने नागरिकको सीमामा भिड हुने भएकाले आवागमन सहजताका लागि दुई देशका सुरक्षा अधिकारीको गौरीफन्टामा बैठक बसेको हो।
शनिबार संयुक्त बैठक बसेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी), भारतीय कष्टम तथा सवारी धनीहरुले सीमामा नेपाली नागरिकलाई दुःख दिने गुनासो आउने गरेकाले आवागमन सहजताका लागि बैठकमा छलफल भएको उनले जानकारी दिए।
चाडपर्वको अवधीमा नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा व्यवस्था लागु गर्ने बिषयमा नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका हुन। नियमित बैठक भएपनि चाडपर्वमा आवागमन गर्नेको संख्या धेरै हुने भएकाले नेपाली सुरक्षा अधिकारीलाई सतर्क रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए। शुक्रबार मात्र गौरीफन्टा सीमामा दुई देशका सुरक्षा अधिकारीको संयुक्त सहायता कक्ष स्थापना गरिएको थियो।