काठमाडौं, २३ पुस । पछिल्लो २४ घण्टामा मुलुकमा ९६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९७१ कूल नमुना परीक्षण ९८२७२ पीसीआर र ६६९( एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।
कोभिड संक्रमणको कारण आज कुनै मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा २६२ जना निको भएका छन् ।सक्रिय संक्रमित संख्या ५७४१ पुगेको छ । आज २ लाख ६३ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आजको दैनिक संक्रमणदर झन्डै ७ प्रतिशत पुगेको छ ।काठमाडौं उपत्यकाका तीन जिल्लामा ३६९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २८४, ललितपुरमा ६२ र भक्तपुरमा २३ जना संक्रमित थपिएका छन् ।