धनगढी, २२ पुस । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु को कंचनपुर जिल्ला सह इन्चार्जमा अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त रेग्मीलाई जिम्मेवारी प्रदान गरिएको छ। कंचनपुरको दक्षिण क्षेत्रमा उदाउदो युवा नेताका रुपमा रहेका हेमन्त रेग्मी बिभिन्न्न राजनितिक तथा सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका छन।
अनेरास्ववियुमा भने उनी कक्षा ८ मा पढदा नै अनेरास्ववियु पुर्नवास जनता उच्च मा बि को प्रारम्भिक कमिटीको अध्यक्ष भएर राजनितिक यात्राको सुरुवात गरेका थिए। त्यसपछि संगठनको बिभिन्न्न जिम्मेवारीमा रहदै अहिले उनी अनेरास्ववियु केन्द्रिय सदस्य रहेका छ्न।
पुस १०,११ गते झापाको बिर्तामोडमा अनेरास्ववियु अध्यक्ष सुनिता बरालको अध्यक्षता र नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलिको प्रमुख आतिथ्यमा बसेको अनेरास्ववियुको केन्द्रिय सचिवालय बैठकले हेमन्त रेग्मीलाई कंचनपुर जिल्ला सह इन्जार्चको जिम्मेवारि प्रदान गरेको हो।