काठमाडौ १७ पुस/ नेपाल क्रिकेट संघले टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि छनोट गरेका ३० मध्ये २१ जना खेलाडी होटलमा अनुपस्थित भएका छन् ।
क्यानले सबै खेलाडीलाई शनिबार होटलमा जम्मा हुन निर्देशन दिएको थियो ।
क्यानको कारवाहीमा परेका ४ जना र अन्य १७ जना खेलाडीले क्यानको निर्देशन अवज्ञा गरेका हुन् ।क्यानका सचिव प्रशान्तविक्रम मल्लले शनिबार ११ खेलाडी होटलमा आएको जानकारी दिए । थप ५-७जनाले आफुहरू बाटोमा रहेको जानकारी गराएको उनको भनाइ छ ।