धनगढी, १६ पुस/कञ्चनपुरमा भैरहेको प्रधानमन्त्री कप प्रतियोगिताको लागि कैलाली जिल्लाको क्रिकेट टिम शुक्रबार धनगढीबाट विदाई गरिएको छ ।
कैलाली जिल्ला क्रिकेट संघले विहिबार देखि महेन्द्रनगरमा क्रिकेट खेल्ने १४ खेलाडी सहित १६ सदस्य टिमको विदाई गरिएको हो । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला क्रिकेट संघका जिल्ला अध्यक्ष विक्रम विष्टले टिमको विदाई गरेका हुन् ।
नारायण जोशीको (कप्तानी)मा रहेको टिममा, बसन्त कार्की (उपकप्तान) र अर्जन सउाउद (विकेट किपर)मा रहेका छन भने खेलाडीहरुमा सेर मल्ल, नरेन साउद, आयुष चन्द, दिपक रोकाया, यम कार्की, योगेश भाट, नागराज सिह, अभिशेक पाल, रोसन थापा,संगित बुढाथोकी, नबयुग बस्नेत टिमका खेलाडीहरु रहेका छन । त्यसै गरी टिम प्रशिक्षक ज्ञनेन्द्र क्षेत्री र टिम व्यवस्थापक दिपक रावल रहेका सचिव देवनारायण झाले जानकारी दिए ।