कञ्चनपुर, २ असोज
संविधान दिवसको पुर्व सन्ध्यामा कञ्चनपुरको पश्चिमी सीमा क्षेत्रमा सरसफाई गरिएको छ । भीमदत्त नगरपालिका, कञ्चनपुर उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी बलको संयुक्त आयोजनामा सीमा क्षेत्र गड्डाचौकीमा सरसफाई गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ५६ नम्बर गुल्म गड्डाचौकीका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक राज कुमार कडेलले संविधान दिवस सफल पार्नका साथै सीमा क्षेत्रमा सरसफाई गरिएको बताए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले संविधान दिवसको पुर्व सन्ध्याको अवसर पारेर सरोकारवाला सहितको सहभागितामा सरसफाई गरिएको बताए ।
हाम्रो नगर हामीले नै हो, सफा गर्ने, ‘मेयर विष्टले भने, ‘पाहुना आउने गन्तव्य समेत सफा राख्नुपर्छ ।’ पटक नेपाल पस्ने वितिक्कै सरसफाईको महसुस गर्न र स्वास्थ्यका लागि सरसफाई अपरिहार्य भएको मेयर विष्टको भनाई छ । भीमदत्त नगरको नगर सफा राख्ने अभियान निरन्तर जारी रहने उनले बताए । सीमा ७ नम्बर पिलरदेखि भन्सार ब्यारेलसम्मको क्षेत्रमा सरसफाई गरिएको थियो ।
बिहीबार सीमा क्षेत्र भीमदत्त नगरपालिका–१० गड्डाचौकीमा सरसफाई गरिएको हो । कञ्चनपुर उद्योग वणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले नेपाल–भारत जोड्ने गड्डाचौकी सडक क्षेत्रमा सरसफाई गरिएको बताए । भारत भएर गड्डाचौकीबाट पर्यटक नेपाल भित्र्रिने भएकाले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि पर्यटक प्रवेस मार्ग सरसफाई गरिएको बताए ।

‘