एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रियलले विज्ञप्ति जारी गर्दै पछिल्लो परिक्षणमा थप चार खेलाडीलाई कोरोना पुष्टि भएको जनाएको छ ।
पछिल्लोपटक कोरोना पुष्टि हुनेमा पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा, फेडे भाल्भेर्डे, इडुआर्डो कामाभिंगा र भिनिसिय जुनियर रहेका छन् । यि खेलाडी सेल्फ आइसोलेसनमा बसिसकेका छन् । यि चार खेलाडीले अब २ जनवरीमा गेटाफेविरुद्धको खेल गुमाउनेछन् ।
निसियसले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन् । उनको अभाव टोलीलाई खड्कन सक्नेछ । भिनियसले यो सिजन १९ खेलमा १० गोल र ४ असिस्ट दिएका छन् ।यसअघि लुका मोड्रिच, मार्सेलो, मार्को एसेन्सियो, रोड्रिगो, ग्यारेथ बेल, एन्ड्री लुनिन, डेभिड अलावा र इस्कोलाई कोरोना पुष्टि भएको थियो । उनीहरुको स्वास्थ्यमा हुदै आएको र गेटाफेविरुद्ध उनीहरु फिट हुने अनुमान गरिएको छ ।
रियल १९ खेलबाट ४६ अंक जोडेर स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको छ । रियलले एक खेल कम खेलेको सेभियालाई ८ अंकले पछि पारेको छ ।