धनगढी, ९ पुस । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहिबार भएका खेलमा विजयी हुँदै समूह ‘बी’ बाट विभागीय टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने घरेलु टोली सुदूरपश्चिम पनि अन्तिम चारमा पुगेको हो।
समूह ‘ए’ बाट यसअघि नै समूह विजेता बन्दै प्रदेश नम्बर १ र उपविजेता बन्दै लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन्।
शनिबार सेमिफाइनल र आइतबार फाइनलका खेल हुने छन्। सेमीफाइनलमा सुदूरपश्चिम र प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेश तथा एपीएफबीच प्रतिस्पर्धा हुने छ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्।