काठमाडौं , ७ पुस । नेपालमा थप एक जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले जानकारी दिईन् ।
संक्रमित वृद्ध होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मिश्राले बताईन् ।योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।
यसअघि एकै दिन दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।तीव्र रूपमा फैलिने भनिएको कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका १ सय भन्दा बढी देशमा पुष्टि भइसकेको छ ।