• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढी विमानस्थलबाट अमेरिका जान चाहन्छौं : मन्त्री आले

धनगढी,६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडान गर्न सक्ने गरी स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको बताएका छन् ।सोमबार विहान नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको धनगढीमा उद्घाटन गर्दै उनले धनगढी विमानस्थल स्तरोन्नतिका लागि पहल गरिरहेको बताएका हुन । यसका लागि एक हप्ताभित्रै एक अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्ने बताए ।

‘म मन्त्री हुने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल स्तरोन्नतिका लागि भनेको थिएँ । उहाँले हुन्छ, गरौं न त भन्नुभो’, मन्त्री आलेले भने । ‘त्यसपछि मैले पहल चालेको हुँ ।’ धनगढी विमानस्थलका लागि हालसम्म कुनै पनि मन्त्रीले एक रुपैयाँ नछुट्टयाएको जिकिर गर्दै उनले आफू एक अर्ब रुपैयाँ छुट्टयाउनका लागि पहल गरिरहेको बताए । ‘यो विमानस्थलको रनवे २५०० मिटर भयो भने अन्तर्राष्ट्रिय उडान हुन सक्छ’, मन्त्री आलेले भने । ‘हामी यहाँबाट काठमाण्डौंमात्रै हैन, अमेरिका जान चाहन्छौं ।’

विमानस्थल स्तरोन्नतिको कुरा अगाडि बढेपछि भू–माफियाहरु जग्गाको लागि क्रियाशील भएको भन्दै उनले विमानस्थल आसपासका स्थानीयलाई सचेत रहन आग्रह गरेका छन् ।यसैगरी, भारतको दिल्लीका पर्यटकलाई बझाङ्को उरै, ताक्लाकोटसम्म पु¥याउनका लागि राजमार्ग निर्माणको कार्य अगाडि बढिरहेको मन्त्री आलेले बताए । तर, ३० महिना निर्माण समायवधि रहेको सडकको ४६ महिनासम्म ट्रयाक खोल्ने कार्य पूरा नभएको उनको भनाइ थियो ।

ठेकेदारले सडक निर्माणमा लापरवाही गरिरहेको उल्लेख गर्दै उनले ट्रयाकमात्रै खोलिएमा ५०० देखि ७०० करोड बजेट राखेर उरै नाकासम्म राजमार्ग पु¥याउन सकिने बताए । चार प्याकेजमा सो सडकको निर्माणको कार्य भइरहेको छ । सुदूरपश्चिममा पर्यटन र होटल म्यानेजमेन्ट सम्बन्धी सरकारी स्तरबाट पढाइ सुरु गरिनेसमेत मन्त्री आलेले बताएका छन् । यसका लागि आज सर्वेका लागि एक टोली आइरहेको उनले जनाए ।

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.