धनगढी, २ पुष । नेकपा (एमाले)ले पार्टीमा नेताहरुको कार्यविभाजन गरेको छ। १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो।
एमालेले सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा एमालेका सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै‚ लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नाले भने सह–इञ्चार्जको जिम्मेवारी पाएका छन्। ठगुन्नालाई दार्चुला जिल्ला इञ्चार्जको जिम्मेवारी पनि दिइएको छ।
यस्तै‚ एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट तोकिएका छन्।
डोटी जिल्ला इञ्चार्जमा गौरीकुमारी ओली, कञ्चनपुरमा निरुदेवी पाल, अछाममा झपटबहादुर बोहरा, डडेल्धुरा इञ्चार्जमा पठानसिंह बोहरा, बैतडीमा पुरनसिंह दयाल, बझाङमा भैरवबहादुर सिंह, बाजुरामा लालबहादुर थापा र कैलालीमा नारदमुनी रानाले इञ्चार्जको जिम्मेवारी पाएका छन्। यस्तै‚ बझाङ जिल्लाको सह–इञ्चार्जमा अफिलाल ओखडा, ऐनबहादुर महर र आशाकुमारी विक, कञ्चनपुर जिल्लाको सह(इञ्चार्जमा इन्दु कडरिया, कृपाराम राना, नरबहादुर धामी र कमला बोहराले जिम्मेवारी पाएका छन्।
यस्तै‚ कैलाली जिल्लाको सह(इञ्चार्जमा कमलाकुमारी ओली, सन्तोष शर्मा र गौरीशंकर चौधरी, बाजुरा जिल्लाको सह–इञ्चार्जमा दयालबहादुर शाही, सहदेव बोगटी, प्रकाशबहादुर शाह, अछाम सह–इञ्चार्जमा यज्ञ बोगटी र बैतडी सह–इञ्चार्जमा लिलाधर भट्टले जिम्मेवारी पाएका छन्।