महेन्द्रनर, २८ मंसिर । राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७८ को उपाधि जितेको सुदूरपश्चिमको टिमलाई कञ्चनपुरमा सम्मान गरीएको छ । महेन्द्रनगरको कवडहलमा मंगलबार विजयी टिमलाई जिल्ला कबड्डि संघ कञ्चनपुरले सम्मान गरेको हो ।
जिल्ला कवड्डी संघ कञ्चपनुरका अध्यक्ष महेश चन्दको अध्यक्षता एवं भीमदत्त नगरपालिका–४ का वडा अध्यक्ष लक्ष्मीदत्त बोहराको प्रमुख आतिथ्यतामा विजयी खेलाडी टिमलाई फुलको माला, खादा र टिका लगाएर सम्मान गरिईएको छ ।

त्यसैगरी खेलाडिको हौसलाका लागि जिल्ला व्यटमिन्टन संघका जिल्ला अध्यक्ष मिनराज भट्टले १५ जर्सी प्रदान गरेका थिए । जिल्ला कवड्डी संघका जिल्ला अध्यक्ष भट्टले खेलाडीहरुले अनुशासित भएर खेलेर उपाधि जितेकोमा जिल्लाको मात्रै नभएर सुदूरपश्चिमकै नाम रोसन गरेकोमा खेलाडीहरुलाई बधाई दिए ।
मंसिर २३ गतेदेखि २५ गतेसम्म धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा सम्मन्न भएको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले उपाधि जितेको थियो ।

सुदूरश्चिमले एक लाख ५०५ नगद, शिल्ड, प्रमाणपत्र पाएको थियो । त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापाले पाएकि थिईन । त्यसैगरी बेस्ट डिफेन्डरको पुरस्कार पनि सुदूरपश्चिमकै खेलाडी निशा बोहराले पाएकि थिईन ।