धनगढी,२८ मंसिर । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५२ नमुना परिक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा ४ जना बिरामी उपचाररत छन् भने ४ जनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।