• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

एनपी साउदलाई महामन्त्री बनाउन माग गर्दै बालुवाटारमा धर्ना

धनगढी, २५ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदलाई महामन्त्री बनाउन माग गर्दै बालुवाटारमा धर्ना सुरु भएको छ । देशभरका करिब तीन सय महाधिवेशन प्रतिनिधिहरू, विभिन्‍न जिल्लाका सभापति तथा पदाधिकारीहरुले शनिबार बिहानदेखि सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार साउदलाई बनाउन माग गर्दै धर्ना दिएका हुन् ।

नेपाल विद्यार्थी संघको सभापति र दुई–दुई पटक केन्द्रीय सदस्य भइसकेका व्यक्तिलाई महामन्त्री बनाउन रोक्‍न नमिल्ने उनीहरुको माग रहेको छ । धर्नामा सहभागी नेपाली कांग्रेस कञ्‍चनपुरका जिल्ला सचिव हेमराज ‌ओझाले भने, ‘०५९ सालदेखि पार्टीको केन्द्रीय सदस्य रहेका साउद सुदूरपश्‍चिममा सभापति देउवापछिको निर्विकल्प र सर्वस्वीकार्य नेता भएकाले महामन्त्रीको उम्मेदवार बनाउनु पर्छ ।’

सुदूरपश्‍चिममा पदाधिकारी नहुँदा भविष्यमा कांग्रेसको संगठनमा धक्का लाग्‍ने पनि महाअधिवेसन प्रतिनिधिसमेत रहेका सचिव ओझाले बताए । उनले थपे, ‘सानै उमेरदेखि विद्यार्थी राजनीतिमा लागेका साउद महामन्त्रीका निर्विकल्प उम्मेदवार हुन् ।’

वर्तमान सभापति देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको कांग्रेस (प्रजातान्त्रिक)मा उनी केन्द्रीय सदस्य भएका थिए । कांग्रेस प्रजातन्त्रिकको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका साउद ०६४ मा कांग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा केन्द्रीय सदस्यकै रुपमा रहेका थिए । एकीकरणपछिको १२ औँ र १३ औँ महाधिवेशनमा साउद केन्द्रीय सदस्य विजयी भएका थिए । उनी अहिले महामन्त्रीमा दाबी गरिरहेका छन् ।

कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखसमेत रहेका उनी ०४१ सालमा बलबहादुर केसीको नेतृत्वमा केन्द्रीय सदस्य बनेका थिए भने ०४८ सालमा नेaविसंघको केन्द्रीय अध्यक्ष भएका थिए ।

सभापति देउवाको प्यानलमा सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री प्रकाशशरण महतलगायतका नेताहरू पनि महामन्त्रीका दाबेदार हुन् ।

 

शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.