धनगढी, २४ मंसिर । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा शुक्रबार थप दुई जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३८ नमुना परिक्षण गर्दा थप दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा थप एकजना संक्रमित कोरोनामुक्त भएका छन् । हाल अस्पतालमा तीन जना बिरामी उपचाररत छन् । उनीहरु सबैको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका २ बस्ने ८३ वर्षका पुरुष रहेको अस्पतालले जनाएको छ ।