काठमाडौं, २१ मंसिर । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गर्दैछन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोली अपरान्ह १ः४५ बजे ढाका प्रस्थान गर्ने लागेका हुन् ।
च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् । च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ ।
प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ ।