धनगढी,१९ मंसिर । भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरुको गौरीफण्टा नाकामा एचआईभी एड्स र क्षयरोगसमेत परीक्षण हुँदै आएको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार सीमा नाकामा एन्टिजेन विधिसँगै एचआईभी एड्स र टीबीसमेत परीक्षण हुँदै आएको हो।
एचआईभी एड्स र टीबीका बिरामीलाई मध्येनजर गर्दै भारतबाट घर फर्किने नागरिकमा सीमामै परीक्षण हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले जानकारी दिए। एड्स संक्रमितहरुको पहिचान गरी अन्य व्यक्तिहरुमा सर्न नदिने उद्धेश्यका साथ सीमा नाकामा परीक्षण गर्न थालिएको उनले बताए।