काठमाडौं, १९ मंसिर । नेपालले एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले नेपालले एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो ।
एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ ।एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।