धनगढी, १४ मंसिर/कैलालीको गौरीगंगा नगरपालिका–१० सुन्दरपुरमा संचालन हसने लवाङ्गी सांस्कृतिक कार्यक्रम २०७८मा नेपाल टेलिकमले निशुल्क मोवाइएल सिम बितरण गर्ने भएको छ ।
मंसीर १६ र १७ गते कार्यक्रममा नेपाली टेलिकमले निशुल्क बितरण गर्ने भएको कार्यक्रमका मिडिया संयोजक दिनेश दहितले जानकारी दिएका छन् । मंगलबार नेपाल टेलिकम अत्तरियाका क्षेत्रिय निर्देशक नामाकार न्यौपाने र लवाङ्गी सांस्कृतिक कार्यक्रम २०७८का मिडिया संयोजक दिनेश दहित बिच कार्यक्रममा निशुल्क सिम उपलब्ध गराउने सम्झौता भएको हो । टेलिकमले लवाङ्गी सांस्कृतिक कार्यक्रमका लागि पाँच सय निशुल्क सिम उपलब्ध गराउने सम्झौतामा उल्लेख रहेको संयोजक दहितले जानकारी दिए । उनका अनुसार निशुल्क सिम लिने व्यक्तीले नागरिकताको प्रतिलिपी र एक प्रति फोटो ल्याउनुपर्ने बताइएको छ ।
‘भाषा, कला संस्कृति हमार पहिचान, थारु वैदिक गुरुवा प्रशिक्षण केन्द्र संगे थारु संग्राहलय बनैना हमार अभियान’ भन्ने मूल नारा सहित यही मंसीर १६ र १७ गते कार्यक्रम हुने भएको हो । साथै कार्यक्रममा कलाकारहरुको पनि वेजोड प्रस्तुती रहने जनाइएको छ ।कलाकारहरुमा थारु लोक गायक मनिराम चौधरी, मोडल महिमा कुश्मी, सुनिता चौधरी, बीर चौधरी, घोडाघोडी नाट्य समूहको नाच, फुल कुमारी, गायक राजु चौधरी, गायिका संगीता चौधरीको बेजोड प्रस्तुती रहने मिडिया संयोजक दिनेश दहितले जनाएका छन् ।
त्यस्तै आदर्श महतो डान्स ग्रुप, आइसा चौधरी, गायक खुशी रत्गैया, अञ्जन चौधरी, तुफान चौधरीको पनि वेजोड प्रस्तुती रहने मिडिया संयोजक दहितले जानकारी दिए । थारु गुरुवा बदैवा समाज सेवा समिति कैलालीको आयोजनामा हुने कायक्रमलाई विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् ।