चितवन, १४ मंसिर । लेखराज भट्टसहित नेकपा एमालेको ६ सचिव निर्वाचित भएका छन्। सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन्।
गोकर्णले १९७६ मत पाएका छन्। यस्तै योगेशले १९६४, छविलाल र पद्माले समान ८०० मत पाएका छन्। लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन्। अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नपरेका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन्।