• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

एमाले महाधिवेशन लम्बिदा थप डेढ करोड बढी खर्च

१४ मंसिर, चितवन । १० औं राष्ट्रिय महाधिवेशन लम्बिंदा निर्धारित बजेटभन्दा करिब डेढ करोड खर्च बढेको एमालेले जनाएको छ ।चितवनमा आयोजित एमालेको महाधिवेशन नियमित तालिकाभन्दा दुई दिन बढी लम्बिएको छ ।

नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले भने महाधिवेशन लम्बिंदा एक,डेढ करोड खर्च बढेको बताए । उनले भने, ‘यो अलि अप्रत्यासित भयो वास्तवमा । हामीले जति टार्गेट गरेका थियौं निर्वाचन गर्नुपर्नाको कारणले अलि बढी खर्च बढाएको छ । पार्टीको अलि राम्रै रकम खर्च गर्नु परेको छ । मेरो अनुमानमा एक २५ देखि डेढ करोडसम्म बढी खर्च भएको छ ।’ बिल नआइसकेकाले खर्चबारे अझै एकिनका साथ भन्न नसकिने उनले बताए ।

एमाले केन्द्रीय कार्यालयका सचिव तामाङका अनुसार १० औं महाधिवेशनका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । ललितपुरको गोदाबरीमा आयोजित विधान महाधिवेशनमा ४ करोड ७१ लाख खर्च भएको जानकारी पनि उनले दिए ।

नेकपा एमालेको केन्द्रीय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले पनि महाधिवेशन एक दिन मात्रै बढी लम्बिदा थप १ करोड भार पार्टीलाई थपिने बताए । ‘प्रतिनिधिलाई खाना आवासदेखि निर्वाचनको खर्च समेत जोड्दा एक दिनमा एक करोड रुपियाँ थपिने अनुमान छ’ पाण्डेले भने ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा भएको थियो । बन्दसत्र मंसिर ११ गते पर्यटकीय नगरी सौराहमा सुरु भएको थियो । सहमतिमा नेतृत्व चयनको प्रयास सफल नभएपछि पूर्वनिर्धारित तालिका प्रभावित भयो ।

मंसिर ११ गते नै उम्मेदवारी दर्ता, दावी विरोध र अन्तिम नामावली प्रकाशन गर्ने, १२ गते निर्वाचन गरेर १३ गते विहानै चितवनमा पत्रकार सम्मेलन गरी महाधिवेशन समापन गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते दिनभरजसो नै सहमतीका लागि प्रयास गर्दा महाधिवेशन थप दुई दिन लम्बियो ।

नेतृत्वमा सहमति नजुटेपछि १४ गते विहानदेखि मतदान गरियो । निर्वाचित भएकाहरुको आजै सपथ ग्रहणको तयारी गरिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले आज सपथ ग्रहणको तयारी गरिएको बताए । यसका कारण अब महाधिवेशनको मैजारो १५ गते मात्रै हुनेछ ।

महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि, स्वयमसेवक र अतिथि गरी ३५ सय जनाका लागि होटल बुक गरिएको छ । त्यसमा प्रतिनिधि बसेको होटलले थप तीन छाक खाना खुवाउने सम्झौता गरिएको छ । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेको थियो । मूल व्यवस्थापन समिति सहसंयोजक पाण्डेका अनुसार सोमबार दिउँसो र बेलुकाको खाना, मंगलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्ने गरी अर्को सम्झौता गरिएको छ । थप एक दिन खाना र बेडको लागि करिब ७० लाख रुपैयाँमा सम्झौता भएको छ ।

मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.