धनगढी, १२ मंसिर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । कञ्चनपुर कांग्रेसमा ७१ मत गन्न बाँकी छँदा सभापतिमा पदम बोगटी ७ सय ६८ मत लिए ।
उनका प्रतिस्पर्धी थापाले ६ सय ८४ मत लिएका छन् । प्रतिस्पर्धी बहादुरसिंह थापालाई हराउँदै बोगटी विजयी भएका हुन् । थापालाई एनपी साउद समूहले सघाएको थियो । बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक समूह निकट हुन् ।