• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेपाली युवती तस्करी गर्ने व्यापारीलाई ३० वर्षको जेल सजाय

काठमाडौँ, १२ मंसिर । अफ्रिकी मुलुक केन्यामा नेपाली युवतीको तस्करी गर्ने क्यानेडियन व्यापारी असिफ अमिरेल अलीबई जेथलाई केन्याको मोम्वासा अदालतले ३० वर्षको जेल सजाय तोकेको छ । उनलाई सन् २०१९ मा १२ नेपाली युवतीलाई गैरकानुनी रुपमा आफ्नो डान्स क्लबमा नृत्य गर्न लगाइएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले विदेशी नागरिकलाई मानव तस्करी गरी श्रम इजाजत नलिई काममा लगाएको ठहर गर्दै जेल सजाय र १० लाख केन्याली मुद्रासम्म जरिवाना तोकेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतले उनलाई १२ नेपाली युवतीलाई बन्धक बनाएर शोषण समेत गरेको ठहर गरेको छ । उनले मोम्वासास्थित अम्के प्लाजामा ‘रंगिला ग्रिल एण्ड बार’ सञ्चालन गर्दै आएका थिए । त्यहाँ मुजुरा नाच गर्न ल्याइएको १२ नेपाली युवतीमध्ये दुई जनाको उमेर १६ र १७ थियो भने आठजनाको २२ देखि २६ वर्ष उमेरसमूहका थिए । दुई जना भने ३० वर्षमाथिका थिए ।

त्यसअघि पनि स्थानीय प्रहरीले वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट २१ नेपाली युवतीलाई उद्धार गरेको थियो । पछिल्लो समय केन्याको मानव बेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाइ र अपराध एकाइको संयुक्त टोलीले रात्रिकालीन क्लबमा मानव तस्करी गरी ल्याएका नेपालीसहित विदेशी युवतीलाई उद्धार गर्ने अभियान नै चलाइरहेको छ । केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले मानव तस्करहरुले नेपाली युवती ल्याउने कार्य भने अझै नरोकिएको बताए ।

केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेका छन् । नेपाल प्रहरीले पनि केन्यामा युवती पठाउन सक्रिय रहेको भन्दै एजेन्ट ललितसिंह सुवाललाई पक्राउ गरेको थियो । उनको भनाइ अनुसार आफूले भनेजस्तो उचाइ, वर्ण र ढाँचा नमिलेको भन्दै केन्याबाट नै बार मालिकहरु आफैं आउने गरेका छन् ।

एउटा युवती पठाएबापत एजेन्टलाई ५० हजार रुपैयाँ दिने गरिएको छ । नेपाली युवतीलाई नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट यूएई हुँदै केन्या पुर्‍याउने गरिन्छ । मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर लगिने युवतीलाई डान्सबारका मालिकले बन्दीको हैसियतमा राख्ने गर्छन् ।

आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा
सुदुरपश्चिम सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबुल
चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाका खुल्यो

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.