डडेल्धुरा, ७ मंसिर । काँग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा परशुराम नगरपालिकाका मेयर समेत रहेका भीमबहादुर साउँद विजयी भएका छन्।
सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन्। साउँदले ७३४ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्वन्दी ठकुराठीले ७६ मत पाए।
यसैगरी उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी, डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्।
यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन्। निर्वाचित सबै साउद प्यानलका हुन ।