धनगढी, २ मंसिर । नेपाली कांग्रेस गोदावरी नगरपालिकाको सभापतिमा बिर बहादुर चोखाल निर्वाचित भएका छन् । बुधवार सम्पन्न भएको निर्वाचनमा सभापतिमा चोखाल सहितको टिम निर्वाचित भएको हो ।
नेपाली काग्रेसको नयाँ नेतृत्वका लागि विर बहादुर चोखाल र अर्कोवाट बिष्णु बहादुर बडैलाको टिम चुनाब लडेका थिए ।सभापतिमा बिष्णु बहादुर बडैला ९५ मतले पराजित भएका छन् ।
बिजयी भएका सभापति चोखालले १ सय ६१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी बडैलाले ६६ मत प्राप्त पाएका छन् । यस्तै उपसभापतिमा प्रेम सिं बडैला १ सय ५६ मत र प्रेम बहादुर कुमाल १ सय ५३ मतका साथ निर्वाचित भएका छन् ।
उपसभापतिमा बडैला र कुमालका प्रतिद्धन्दी सुरज जोशीले ६८ मत र धर्मराज भट्टले ६२ मत प्राप्त गरेका छन् । यस्तै सचिबमा अशोकराज देवकोटा १ सय ५२ मत र योगेश भट्ट १ सय ५७ मतका साथ निर्वाचित भएका छन् ।
देवकोटा र भट्टका प्रतिद्धन्दी बिक्रम बि।कले ६० मत र चिरिञ्जीवी भट्टले ६७ मत प्राप्त गरेका छन् । सहसचिबमा सह सचिबमा दिलिप कुमार साउँद र धर्मा शाह बलाएर निर्वाचित भएका छन् । साउँदले १ सय ५६ मत प्राप्त गरेका छन् भने बलाएरले १ सय ५३ मत प्राप्त गरेका छन् ।
साउँद र बलाएरका प्रतिद्धन्दी दिनेश खत्रीले ६६ मत र जगत बहादुर खड्काले ६४ मत प्राप्त गरेका छन् । अन्य सदस्यहरुमा चोखालकै प्यानलका निर्वाचित भएका छन् ।
२ सय ३९ जना मतदाताहरु रहेको नगरमा २ सय ३१ मत खसेको थियो । साझाँ साढे ६ बजे मतदान सकिएको थियो ।