धनगढी, १ मंसिर । चौधरी ग्रुप अन्तर्गत रहेको सि.जि.ब्रुअरि नेपालले “नेपालआइस हातमा”नामक टिकटक प्रतियोगीता गर्ने भएको छ ।
प्रतियोगीतामा सहभागीहुनेहरुले नेपालआइस बियरको अफिसियल टिकटक च्यानल बाट नेपाल आइस हातमा नामक गित छनोट गरि उक्त प्रतियोगितामा भाग लिन सक्नेछन ।
सहभागीहरुले भिडियो बनाइसकेपछि आफ्नो प्रोफाइलमापोस्ट गर्दा नेपालआईस बियरको च्यानललाई ट्यागगर्नुका साथै #NepalIceHattma #NepalIce #Nepal’sPride ह्यास्ट्याग प्रयोग गर्नुपर्नेछ ।
उक्त प्रतियोगीतामा प्रथम हुने बिजेताले १५०,००० जित्नेछन भने ५ जना उत्क्रष्ट सहभागीहरुलाई जनहि २५,००० प्रदान गरिने कम्पनीले जनाएको छ ।
ओरिजिनलतथा क्रियटिभ र नेपालआईस बियरको प्रयोग गरिएको भिडियोहरु लाई प्रतियोगीतामा सर्टलिस्टेड गरिनेछ । प्रतियोगीताका नियम र सर्तहरू तथा अन्य जानकारीका लागी प्रतियोगीहरुले नेपाल आईस बियर फेसबुक पेज मा सम्पर्क गर्न सक्नेछन ।