धनगढी, १ मंसिर/ नेपाली कांग्रेस जानकी गाउँपालिका सभापतिमा गणेशराज रेग्मी सर्वसम्मत चयन भएका छन् ।
पालिकाको सभापतिको पदमा कार्तिक ३० गते भएको मनोनयन दर्तामा ३ जनाले उम्मेदारी दर्ता गराएका थिए ।
आज बिहान सम्म भएको सहमतिको प्रयासमा सभापतिका उम्मेदार मदनप्रसाद चौगाई र लक्ष्मीप्रसाद खनालले उम्मेदारी फिर्ता लिएपछि पालिकाको सभापतिमा गणेशराज रेग्मी सर्बसम्बत भएका हुन ।
अन्य अधिकाशं पदमा समेत सर्बसहमतिकै रुपमा टुङ्गाइएको जनाइएको छ ।