डोटी, १ मंसिर/ एकेन्द्र चन्द/
सुदूरपश्चिम प्रदेशकै महत्त्वपूर्ण शक्तीपिठको रूपमा रहेको मेलामा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल सरकारका संस्कृत पर्यटन तथा नागरिक उड्ययन्त्र मन्त्री प्रेमबहादुर आले मगर डोटी आउन लागेका छन्।
उनिहरु बडी केदार दर्शनका लागी मध्यान्ह १२ बजे बडीकेदार आई पुग्ने कार्यक्रम रहेको पर्यटन मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
कार्तिक ३० गते (हिजो) राती र १ मङ्सिर (आज) दिउँसो मेला लाग्ने गरेको छ । बडी केदार दर्शन गरेमा मनोकामना पुरा हुने गरेको भन्दै भारत तथा देशका विभिन्न ठाउँबाट बडी केदार दर्शन गर्न भक्तजनहरू आउने गर्दछन् ।
डोटीबाट निर्वाचित मन्त्री प्रेमबहादुर आले मगर नियमित रूपमै बडी केदारको दर्शन गर्ने गरेका छन् ।
सङ्गठन बिस्तारमा जुटेका पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि समय मिलाएर बडिकेदार दर्शनका लागी बडी केदार आउन लागेका हुन ।