एजेन्सी/बलिउड नायिका कंगना रनावतले केही दिनअघि एक कार्यक्रममा भारत सन् १९४७ मा नभएर सन् २०१४ पछि मात्र स्वतन्त्र भएको बताइन् । कंगनाको यो अभिव्यक्ति सार्वजनिक भएसँगै उनको चर्को आलोचना भइरहेको छ । भारतको बिहारमा त उनीविरुद्ध नारा जुलुस नै भएको छ ।
तर, कंगनाले भने आफ्नो भनाइको बचाउ गरेकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो भनाइ गलत सावित भएको खण्डमा केही दिन अगाडि मात्र प्राप्त गरेको पद्मश्री अवार्ड नै फिर्ता गर्ने बताएकी छन् ।
कंगनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले शहीद वीरांगना रानी लक्ष्मी बाईको फिचर चलचित्रमा समेत काम गरेको छु । स्वतन्त्रताको पहिलो लडाइँ सन् १८५७ को बारेमा मैले अनुसन्धान समेत गरेकी थिएँ । यो समयमा राष्ट्रवादको साथै राइट विंगको पनि उद भएको थियो । तर, अचानक किन सकियो रु महात्मा गान्धीले भगत सिंहलाई किन मर्न दिए रु नेताजी बोसलाई किन मारियो र गान्धीजीले उनलाई किन कहिल्यै समर्थन गरेनन् रु स्वतन्त्रताको खुशी मनाउनको साटो भारतीयहरुले किन एक अर्काको हत्या गरे रु केही जवाफ मैले खोजिरहेको छु, कृपया मलाई सहयोग गर्नुहोला ।’
कंगनाले आफू यसको नतिजा स्वीकार गर्न तयार भएको समेत लेखेकी छन् । उनले अगाडि भनेकी छन्, ‘जहाँसम्म भौतिक स्वतन्त्रता हामीसँग हुनसक्छ । तर, भारतको चेतना र विवेकको स्वतन्त्रता सन् २०१४ पछि मात्र मिलेको हो ।’ कंगनाले दिएको दोस्रो अभिव्यक्तिपछि पनि उनको आलोचना भइरहेको छ । कंगनाले भारतीय जनता पार्टीलाई सहयोग गर्ने हिसाबले देशको इतिहासलाई नै बदनाम गर्न खोजेको आरोप लगाइएको छ ।