• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

उपाधि जितेको धनगढी उपमहानगरपालिकाको टिमलाई उपमेयरले गरीन् विमानस्थलमै भव्य स्वागत

धनगढी, ३० कात्तिक/ललितपुरमा भएको उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगिताको उपाधि जितेको गृह नगर फर्किको धनगढी उपमहानगरपालिकाको टिमलाई धनगढी विमानस्थलमा स्वागत सम्मान गर्दै उपमेयर सुशिला मिश्र ‘भट्ट’ गरीएको छ ।

प्रतियोगिताको उपाधि हात पारेर हिजो फर्किएको टिमलाई धनगढी उप–महानगरपालिकाकी उपमेयर सुशिला मिश्र ‘भट्ट’ ले धनगढी विमानस्थलमा पुगेर सम्मान गरीन् । बेलुका ७ बजेतिर विमानबाट ओलिएका खेलाडीहरुलाई विमानस्थलमै खादा ओढाएर मिठाई खुवाएर स्वागत गरीन् ।

उनले धनगढी उपमहानगरपालिकाको टिम प्रतियोगिताको उपाधि जितेको भन्दै विमानस्थलमै पुगेर स्वागत नगरी रहन नसकेको बताइन् । ‘ज्यादै खुशी भएको छु’ उपमेयर भट्टले भनिन्, ‘टिममा सहभागित खेलाडी बहिनीहरुलाई स्वागत गर्न पाउँदा ज्यादै खुशी भएको छु ।’

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढीले उपाधि जितेको थियो ।

खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा धनगढी सफल भयो । सुरुवाती २ गोलको अग्रता जोगाउन नसक्दा ललितपुरले पराजय बेहे¥यौं । खेलको १२ औँ मिनेटमा मनिषा शेनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् ।

१६ औँ मिनेटमा निर्मला विकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । २४ औँ मिनेटमा धनगढीकी सीमा रावलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । ३९ औँ मिनेटमा रजनी थोकरले गोल गर्दा ललितपुर ३–१ ले अघि बढ्यो । ४९ औँ र ६४ औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई ३–३ बराबरीमा ल्याएकी थिइन् ।उपाधिसँगै धनगढीले ५ लाख तथा उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेका छन् । छनोटमा सहभागी ३१ टोलीमध्ये १० टोलीले नकआउट चरणमा स्थान बनाएका थिए ।

प्रतियोगितका लागि धनगढी उपमहानगरपालिकाको टिमबाट रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् ।

मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.