धनगढी,२९कार्तिक । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनका लागि कैलालीको क्षेत्र नम्बर – ४ निर्वाचन भईरहेको छ । खुल्ला तर्फका महाधिवेशन प्रतिनिधिका लागि ५ जना छनोटमा सहमति हुन नसक्दा चुनाव हुन लागेको हो ।
जसका लागि १० जना प्रतिनिधि चुवानी मैदानमा उत्रिएका छन । चुनावि मैदानमा भिष्मराज सुवेदी, धन बहादुर रोकामगर, किसन सिह साउँद विशाल, सुरत बहादुर बिष्ट, पदम सिह सिङ्गाल, राम प्रसाद चौधरी, गोदावरी नगरपालिकाका मेयर हरी सिह साउँद, रविन्द्र बहादुर राना, लोकेन्द्र बहादुर शाही र इश्वरी देवी आचार्यले उम्मेद्वारी दावी गरेको निर्वाचन अधिकृति नरेन्द्र राज शर्माले बताए।
चुनावमा २ सय २८ जना मतदाता रहेको छन । क्षेत्र नम्बर – ४ बाट २ जना महिला प्रतिनिधि भने निर्विरोध छनोट भएका छन ।एमालेको २०७८ मंसिर १०–१२ गते सम्म चितवनमा राष्ट्रिय अधिवेशन भइरहेको छ ।