धनगढी, २९ कार्तिक । कैलालीको धनगढी उपमहानरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ६ जाली बस्ने १६ वर्षीय सन्तोष बुढामगरको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार आफ्नै घरबाट बिद्युतको तार लगि सोही ठाउँस्थित खोलामा करेन्ट लगाई माछा मर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।