धनगढी, २८ र्कािर्तक । धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश एकता अधिवेशन सुरु भएको छ। पार्टीका पूर्व महामन्त्री एवम् पूर्वमन्त्री जयन्त चन्दको प्रमुख आतिथ्यमा सुरु भएको हो।
एकता महाधिवेशनबाट पार्टीले प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छ। पार्टी स्रोतका अनुसार पार्टीमा अध्यक्ष लगायतका पदाधिकारीको चयन सर्वसम्मत हुने बताइएको छ। प्रदेश अध्यक्षमा धर्मराज जोशीको सर्वसम्मत चयन हुने सम्भावना बलियो रहेको बताइएको हो। प्रदेश अधिवेशन आइतबार नै सम्पन्न हुने छ।