धनगढी । गौरीगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जनक साउँदलाई अज्ञात समुहले कार्यालय भित्र आएर हातपात गरेको छ ।
आज १२ बजे तिर मोटरसाईकलमा आएका चार जनाको समुहले अध्यक्ष साउदलाई हातपात सहित कार्यालय तोडफोड गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष माथी हातपात गर्ने समुहको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।
स्थानिय बसन्त बमका अनुसार कार्यालयमा टेबुल र कम्प्युटर तोडफोड समेत भएको जानकारी दिए ।