मुस्ताङ, २८ कार्तिक । आइतबार मुस्ताङमा हिउँ पहिरो गएको छ । आज बिहान ११ः४० बजेको समयमा मुस्ताङको थासाङ गाउँपालिकामा हिउँ पहिरो गएको हो। धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएको बताइएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दिएको जानकारी अनुसार हिउँ पहिरोको कारण भागदौडमा पर्दा लडेर केही मानिस घाइते छन् । भागदौडमा परि घाइते भएकाहरुको उपचारका लागि जोमसोम पठाउने तयारी भइरहेको बताइएको छ ।