धनगढी, २८ कार्तिक । साताको पहिलो पनि आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार ४ सय रहेको थियो । आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भइ प्रतितोला ९४ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुुनको मूल्य ९४ हजार १ सय रहेको छ ।
शुक्रबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १२ सय ८५ रहेकोमा आज मूल्य वृद्धि भइ १२ सय ९५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।