धनगढी, २८ कार्तिक । कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै नेकपा एमालेका नेता तथा सांसद झपट रावलले चर्को असन्तुष्टि जनाएका छन्।
शनिबार ट्वीट गर्दै उनले कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको बताएका हुन्।
नेकपा एमालेले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ।