काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले) ले १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। एमालेले शुक्रबार महाधिवेशनको लोगो सार्वजनिक हो।
सामाजिक सञ्जाल ट्वीटमार्फत लोगो सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले एमाले र एमालेलाई माया गर्ने सबैलाई लोगोको प्रचार गर्न आग्रह गरेका छन्।
महाधिवेसनको लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ। एमालेको राष्ट्रिय महाधिवेसन चितवनमा मंसिर १० गते १२ गतेसम्म हुँदैछ।
सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा गर्ने भएको छ।
मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र गर्ने यसअघि निर्णय भइसकेको छ। बन्दसत्र र नेतृत्व छनोटका काम सौराहाबाट हुनेछ ।