डडेल्धुरा, २४ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन्।
बुधबार डडेल्धुरामा आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताएका हुन्।
‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ,’ नेपालले भने, ‘तर के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ। अहिले हामी कलम लिएर अघि बढेका छौं।
अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो।’ यस्तै उनले पाँच पार्टीको गठबन्धन बनेको भन्दै नेपालले आउने चुनावमा ‘केपी ओली गुट’ पत्तासाफ हुने दाबीसमेत गरे।