काठमाण्डौ २४ कार्तिक/ललितपुरमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगिताअन्तर्गत मंगलबारका खेलमा धनगढीले बाँसगढी नगरपालिकालाई १२ गतेल प्रहार गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा मंगलबार भएको दोस्रो खेलमा धनगढी उपमहानगरपालिकाले बाँसगढी नगरपालिकामाथि गोलवर्षा गर्दै अन्तिम चारमा स्थान पक्का र्गयो । धनगढीले बाँसगढीमाथि १२–१को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।अब धनगढी उपमहानगरपालिका जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगिताअन्तर्गत मंगलबारका खेलमा सफलता निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
धनगढीले पहिलो हाफमा सात गोल गर्दा दोस्रो हाफमा पाँच गोल थप्यो। धनगढीका लागि चन्द्रा भण्डारी एक्लैले पाँच गोल र रेखा पौडेलले चार गोल गरे। यस्तै बिर्सना चौधरी,सरस्वती रोकाया र सुरक्षाकुमारी सिंहले समान १र१ गोल गरे। बाँसगढीकी अमिसा कार्कीले सान्त्वना गोल फर्काइन्। ललितपुरले फाइनल प्रवेशका लागि गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।यी दुई टोलीको भिडन्त बुधबार हुँदै छ। दिनको पहिलो खेल गौरीगंगा नगरपालिका कैलाली र इलामको रोङ गाउँपालिका तथा गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुनेछन्।प्रतियोगिताको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन्।
उक्त फुटवल प्रतियोगितका लागि धनगढी उपमहानगरपालिकाको टिमबाट रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् ।