एकेन्द्र चन्द
डोटी, २२ कार्तिक । स्वास्थको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ डोटीको बडिकेदार गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । दुई दिन सम्म हुने प्रतियोगिता १० टिमको सहभागीता रहेको आयोजक सिर्जनशिल शान्ति बाल कलबले जानकारी दिएको छ ।
कार्यकमका प्रमुख अथिती टोप बहादुर चन्दले गाउँपालिकाको हरेक ठाउँमा खेलकुद गतिविधि बढाउनु पर्ने तर्फ जोड दिने र खेलकुद क्षेत्रको बिकासको लागि आफू सधै सहयोग गर्ने पनि बताएका छन ।
