धनगढी, २१ कार्तिक । धनगढीमा वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। हनुमान नगर युवा क्लव जुगेडाले अयोजना गरेको वडा स्तरीय जुगेडा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो।
उक्त प्रतियोगितामा ए गाउँ समुह प्रथम भएको छ। यस्तै जुगेडा युनाइटेड क्लव द्धितिय भएको छ। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको प्रमुख आतिथ्यतामा सो प्रतियोगिता सम्पन्न गरिएको हो।