• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोप

जेनेभा, २० कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्। खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको उनीहरूले टिप्पणी गरेका छन्।

त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ तर खोपको खपत बराबर मात्रामा हुन सकेको छैन। यसले समस्या निम्त्याएको छ,डब्लुएचओका आपतकालीन प्रमुख डा। माइकल रायनले बिहीबार पत्रकार सम्मेलनमा भने।

उनले खोपहरूमा रहँदै आएको अन्तर बन्द गर्न युरोपेली अधिकारीहरूलाई आग्रह गरेका छन्।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आफ्नो जनसंख्याको ४० प्रतिशतभन्दा बढी खोप लगाएका देशहरूले आफूसँग भएका खोप अन्य विकासोन्मुख देशलाई दिनुपर्ने बताएका छन्।

ुसंवेदनशील समूहका मानिसलाई बाहेक अरूलाई बुस्टर डोज दिन हतार गर्नु पर्दैन, टेड्रोसले भने।

उनले खोप निर्माताहरूसँग कोभ्याक्स आपूर्तिलाई प्राथमिकता दिन आह्वान गरेका छन्। गरिब देशले कोभिड–१९ खोपको १ प्रतिशतभन्दा कम प्राप्त गरे पनि अफ्रिका र दक्षिणपूर्वी एसियामा गत साता ९ प्रतिशत संक्रमण घटेको पाइएको छ।

६० भन्दा बढी देशले जाडो यामभन्दा पहिले नै कमजोर प्रतिरोधी क्षमताविरूद्ध लड्न बुस्टर डोज दिन थालेका छन्। यद्यपि अर्को कोभिड लहर आउने सम्भावना अझै कायम छ। अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकाले यो साता कोभिडविरूद्ध खोप लिन थालेपछि अधिकारीहरूले जोखिमभन्दा लाभ बढी भएको टिप्पणी गरेका छन्।

यसअघि बिहीबार डब्लुएचओको ५३ देशका युरोप क्षेत्र निर्देशक डा। हान्स क्लुगेले बढ्दो संक्रमित संख्या ुगम्भीर चिन्ताको विषयु भएको बताएका थिए।

ुयुरोप महामारीको केन्द्रविन्दुमा फर्किएको छ जहाँ हामी एक वर्षपहिले थियौं,ु डब्लुएचओको कोपेनहेगन कार्यालयका क्लुगेले भने।

क्लुगेले चेतावनी दिँदै भनेका छन्, कोरोना भाइरसबाट संक्रमितको अस्पताल भर्ना दर गत साता दोब्बरभन्दा बढी भएको छ। यस्तै बढ्दै जाने हो भने युरोप क्षेत्रमा थप पाँच लाखको महामारीबाट मृत्यु हुनसक्छ।ु

क्लुगेले यस क्षेत्रका देशहरू ुभ्याक्सिनेसन रोलआउटको विभिन्न चरणमाु रहेको र क्षेत्रव्यापी औसत ४७ प्रतिशत मानिसलाई पूर्ण रूपमा खोप लगाइएको बताएका छन्। आठ देशमा भने उनीहरूको जनसंख्याको ७० प्रतिशतलाई पूर्ण खोप लगाइएको छ।

युरोपको कोभिड–१९ संक्रमण दर लगातार पाँचौं सातासम्म बढिरहेको पाइएको छ। संक्रमण दर युरोपमा अहिलेसम्मकै उच्च थियो जसले प्रति एक लाख व्यक्तिमा १ सय ९२ नयाँ संक्रमण भएको देखाएको छ।

हामी स्पष्ट रूपमा अर्को लहरमा छौं,ु स्वीडेनका प्रमुख महामारी विशेषज्ञ एन्डर्स टेगनेलले बिहीबार भनेका छन्, महामारीको बढ्दो रूप युरोपमा केन्द्रित छ।

मध्य र पूर्वीयुरोपका धेरै देशमा हाल दैनिक संक्रमण दर बढेको छ। एम्स्टर्डममा रहेको युरोपेली मेडिसिन एजेन्सीले बिहीबार अनलाइन ब्रिफिङमा विज्ञहरूले सबैलाई खोप लगाउन आग्रह गरेको छ।

ुयुरोपमा महामारीको अवस्था अहिले धेरै चिन्ताजनक छ। किनकी संक्रमण दर, अस्पतालमा भर्ना हुने र मृत्युको संख्यामा वृद्धि भएको देख्न सक्छौं, इएमएका क्लिनिकल अध्ययन र निर्माण कार्य बलका प्रमुख फर्गस स्विनीले भने।

उनका अनुसार सबैलाई पूर्ण मात्राको खोप लगाउन अनिवार्य छ। यो मात्र महामारी नियन्त्रण गर्ने एक सशक्त उपाय हो।

शनिबार, कार्तिक २०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा
सुदुरपश्चिम सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबुल
चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाका खुल्यो

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.