कञ्चनपुरमा १० जुवाडे पक्राउ
कञ्चनपुर, २० कार्तिक । कञ्चनपुरमा १० जुवाडे पक्राउ जुवाखालबाट १० जनालाई पक्राउ गरेको छ। श्ुक्रबार राति भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट ६२ हजार ७ सय ९० नगद र एक बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक यज्ञराज जोशीले जानकारी दिए। पक्राउ गरिएका सबैमाथि थप अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले पक्राउ परेका १० जनाको नाम भने सार्वजनिक गरेको छैन।