काठमाडौं, १९ कार्तिक । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १ सय ४७ मेगावाट बढेको छ ।
गतवर्ष ११२३ मेगावाट रहेकोमा यस वर्ष साँझ सवा ६ बजेको पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।
विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकोमा यस वर्ष भने आन्तरिक उत्पादनले नै पुगेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।
यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्डमा पनि २४।६४ मेगावाटले बढेको छ । गतवर्ष २९६ मेगावाटको माग हुने यस क्षेत्रमा यस वर्ष ३२०।६४ मेगावाट माग भएको छ ।